Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – लिबियाको विमान अपहरणमा संलग्न दुई जना अपहरणकारीले आत्मसमर्पण गरेपछि सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । लिबियाको आन्तरिक उडानको विमान शुक्रबार अपहरण गरेका दुई अपहरणकारीले माल्टामा आत्मसमर्पण गरेका हुन् । 

उनीहरुले एक सय ११ यात्रु र चालक दलका सात सदस्य गरी एक सय १८ जनासहित लिबियाको साभबाट उडेको विमान अपहरण गरेका थिए । राजधानी त्रिपोलीका लागि उडेको विमान अपहरण गरेर माल्टा पुर्‍याएका थिए । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीट गरेर अपहरणमा संलग्न दुवै युवकले आत्मसमर्पण गरेको जानकारी दिनुभएको हो । यस्तै विमान सेनाको नियन्त्रणमा रहेको र दुवै युवकलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको उहाँले बताउनुभएको छ ।

पक्राउ पर्नुअघि दुवै युवकले विमानबाट बाहिर आएर मुअम्मर अल गद्दाफीको शासनकालमा रहेको लिबियाको पुरोनो झण्डा फहराएका थिए । उनीहरुले आफूहरु गद्दाफीका समर्थक रहेको पनि बताएका छन् । लिबियामा अहिले अमेरिकाको समर्थन रहेको अन्तरिम सरकार छ ।

अपहरणकारीको नाम मौसा शाह र अहमद अली रहेको विमानका क्याप्टेन अली मिलादले बताएका छन् ।

तपाईको प्रतिक्रिया