Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

विराटनगर  – सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुवात गरेका छन् ।

मोरङको बैजनाथपुरमा भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई २६ रनले हराएको छ । जितका लागि १ सय ४६ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्लले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन मात्र बनायो । मध्यमाञ्चलका प्रमित थापाले ३३ बलमा ४० रन बनाए पनि टिमलाई जिताउन सक्नुभएन । एपिएफका पारस खड्काले ३ विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको एपिएफले सन्दिप सुनारको ५१ तथा नट आउट रहेका प्रदीप ऐरीको २९ र कप्तान पारस खड्काको २६ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । मध्यपश्चिमाञ्चलका अमर रौतेलाले २ विकेट लिनुभयो ।

मध्यमाञ्चलद्वारा घरेलु टोली ४ रनले पराजित

यस्तै दोश्रो खेलमा मध्यमाञ्चल विकास क्षेत्रले घरेलु टोली पूर्वाञ्चल विकास क्षेत्रलाई ४ रनले हरायो । जितका लागि १ सय २१ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो ।

पूर्वाञ्चलका मनिष थापाले १७ तथा विवेक यादवले नट आउट १३ रन बनाउनुभयो । कप्तान पुष्प थापा १३ रनमा आउट हुनभयो ।

पहिला ब्याटिङ गरेको मध्यमाञ्चलले जितेन्द्र ठकुरीको ३१ तथा अश्चल चौधरीको २७ रनको मद्दतमा १ सय २० रन बनाएको थियो । पूर्वाञ्चलका पुष्प थापा, फिर्दोश अन्सारी र सन्दिप ढुंगानाले समान २ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया