Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालले तराई र पहाडबीच क्षेत्रीय विखण्डन निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । 

नेपाली काँग्रेसका कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै सरकारबाट बाहिरिना साथ संसद अवरोध गरेर एमालेले सरकारबाट बाहिरिनु पर्दाको तुष देखाइरहेको आरोप पनि लगाउनुभयो ।

हाल सरकारले ल्याएको संशोधन प्रस्ताव अनुसारको राज्य संरचनामा केपी ओलीले विगतमा हस्ताक्षर गरेर सहमति जनाइसकेको भए पनि सरकार छोड्नु परेका कारण ओलीले उक्त प्रस्तावमा उनले असहमति देखाइरहेको उहाँले बताउनुभयो । संविधान कार्यान्वयन गर्न २०७४ माघ सम्ममा सबै तहको निर्वाचन गरिसक्ने पर्ने भएकोले समय कम रहेको भन्दै उनले संसदको अवरोध चाँढै अन्त्य हुनु पर्नेमा जोड दिनुभयो ।

कोषाध्यक्षहरुको २ दिने भेला राष्ट्रिय सभागृहमा शुरु भएको हो ।

तपाईको प्रतिक्रिया