Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । 

ललितपुरको बाँडे गाउँस्थित आश्रममा उहाँको सम्झनामा विशेष कार्यक्रमको आयोजना गरिदैं छ । कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरु पुग्ने कार्यक्रम छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराई इमान र नैतिक राजनेताका रुमपा परिचित हुनुहुन्छ । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट निस्कने क्रममा एउटा छाता माटोको सुराही र टीनको बाकसमात्र आफूसँग लिएर कुपण्डोलमा रहेको भान्जाको घरमा जानुभएका भट्टराईले जीवनको उत्तरार्धका धेरै वर्ष बाँडेगाउँमा रहेको आश्रममा बिताउनुभएको थियो ।

उहाँ पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बस्नुभएको थियो । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको सम्मानमा नेविसंघले बेलुका शान्तिवाटिकामा दीप प्रज्वलन गर्दैछ ।

अध्ययन र किशोर अवस्था भारतको वाराणसीमा बिताउनुभएका भट्टराई भारतीय स्वतन्त्रता आन्दोलनमा पनि सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया