Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

एक हजार ३५ पदकका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबिच उद्घाटन गर्ने कार्यक्रम छ ।

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान खेलाडीको खोजीमा सातौैँ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षक लगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया