Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

दाङ – लमही-घोराही सडकखण्डको मसोट खोलामा लु २ ख ७७६ नंको बस आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिनुभएको छ । एक मृतकको भने सनाखत हुन सकेको छैन ।
आज दिउँसो लमहीबाट घोराहीतर्फ आइरहेको गाडी दुर्घटनामा परेको हो । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ । घाइतेको उद्धार कार्य जारी छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया