Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

बैतडी – जिल्लामा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति नेपाली काँग्रेसका नेता तथा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्द बन्नुभएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि सुरु गरेको सो बिमा दर्ता शुभारम्भका क्रममा उहाँले आफ्नै बिमा गराउनुभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जानकारी दिनुभयो ।
सांसद चन्दले सबैमा स्वास्थ्य बिमा गर्न आग्रह पनि गर्नुभएको छ । डा लोहनीले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बिमा ल्याइएको बताउनुभयो । कैलाली, बागलुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बिमाका लागि पाँचजनाको परिवारले रु दुई हजार ५०० जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार बराबरको उपचार निःशुल्क हुने व्यवस्था छ तर पाँचजनाभन्दा बढी परिवारका सदस्य भए रु४२५ का दरले थप शुल्क तिर्नुपर्ने छ ।
जिल्लामा स्वास्थ्य बिमा सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनोट गरिएको र उनीहरुले प्रत्येकको घरदैलोमा गएर यसबारे जानकारी गराएर सदस्यता वितरण गर्ने आयोजक संस्थाले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाहरुले फागुनदेखि स्वास्थ्य बिमा सेवा पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया