Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

बर्दिया  – बसको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बयस्क पाटेबाघ मरेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक बसको ठक्करबाट बुधबार राति पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

ना ४ ख २८८७ नम्बरको बसको ठक्करबाट बाघ मरेको निकुञ्जले जनाएको छ । बाघलाई ठक्कर दिने बस बाँके राष्ट्रिय निकुञ्ज ओभरीले नियन्त्रणमा लिएको छ । बाघको पोष्टमार्टम गरिने निकुञ्जले जनाएको छ ।

पछिल्लो समय पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट बंदले, चित्तल लगायतका मृग प्रजातिको ज्यान जाने गरेको थियो । गाडीको ठक्करबाट वन्यजन्तु मर्ने मुख्य चुनौतीको विषय बनेको छ । गाडीको ठक्करबाट बाघ मरेको यो पहिलो पटक हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले क्यामरा ट्रयापिङ्ग प्रविधीबाट बाघ गणना चलिरहेको छ । बर्दिया निकुञ्जमा ५० वटा वयस्क पाटेबाघ, ६ वटा अर्ध वयस्क र २९ वटा बाघका बच्चा रहेको पछिल्लो तथ्यांक छ ।

 

तपाईको प्रतिक्रिया