Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको योग्यताबारे पुनरावलोकनको आदेश भएको मुद्धामा आज सुनुवाइ हुने भएको छ ।

कार्कीको नियुक्तीलाई सदर गर्ने अघिल्लो निर्णयमा कानुनी त्रुटि रहेको औल्याउँदै सर्वोच्चले गत भदौं ३१ मा पुनरावलोकन गर्ने आदेश दिएको थियो ।

गत मंसिर १६ गते मुद्धाको पेसी तोकिएकामा कार्की पक्षका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विरामी भएको कारण देखाइ पेसी स्थगित गर्न निवेदन दिनुभएको थियो ।

त्यही दिन न्यायधीशहरु जगदीश शर्मा पौडेल, इश्वर खतिवडा र आनन्दमोहन भटट्राईको इजलासले अर्कौ पटक सार्न नमिल्ने गरी आजसम्मका लागि पेशी तोक्न आदेश दिएको थियो ।

कार्कीको योग्यताको सन्दर्भमा सर्वोच्चता दूवैतर्फका कानुन व्यवसायीहरुले मुख्यत तीन विवादमा आफ्नो बहस केन्द्रित गर्ने देखिएको छ ।

कार्कीको २० वर्षे अनुभवसँग जोडिएको योग्यता, उहाँमाथि तत्कालीन अवस्थामा चलिरहेको प्रशासनिक कारवाही र उच्च नैतिक चरित्रसम्बन्धी योग्यताका विषयमा पक्ष र विपक्षमा बहस हुनेछ ।

तपाईको प्रतिक्रिया