काठमाडौं – काठमाडौंको गौशालामा रहेको वनकालीमा एक जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् ।
बुधबार बेलुका पौने ८ बजे सुनसरीका १९ वर्षका सोनाम तामाङमाथि धारिलो हतियार प्रहार भएको र गम्भीर घाइते तामाङको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते बौद्ध बस्ने १८ वर्षका विजय गुरुङको केएमसीमा नै उपचार भइरहेको छ । हत्यामा संलग्न व्यक्ति भने फरार छन् ।