Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका नवनियुक्त गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्र भवन शीतल निवासमा आयोजित समारोहमा लक्जम्वर्गका साम आन्द्रे अगस्त स्क्रेन, इथिओपियाका अस्फ दिन्गामो केम र ताजिकिस्तानका मिर्जोसरिफ जालोलोभले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत उच्च सकारी अधिकारीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया