Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – शैक्षिक क्षेत्र र सामाजिक काममा सक्रिय रहेको घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) ले शैक्षिक क्षेत्र सुधारका लगी विद्यालय भवन निर्माण गर्ने घोषण सँगै कामलाई अगाडी बढाइसकेको छ ।

विभिन्न संस्थाबाट श्रमदानमा सरिक सहयोगी हातहरुलाई स्वागत गर्दै घाँसी नेपालका अध्यक्ष माघव प्रसाद घिमिरेले शैक्षिक गुणस्तर रुपान्तरणको लागी सहयोगी हात र स्थानिय प्रशासन सँग सहकार्य गरेर साथ दिन आग्रह गर्नु भयो ।

शैक्षिक क्षेत्रमा विभिन्न खाले काम गरीसकेको घाँसी नेपालले पछिल्लो समय भूकम्प पिडितका लागी ११ जिल्लाका ६० वटा भन्दा बढी स्कुल भवन निर्माण गर्ने लक्ष्य रहेको र अहिले सम्म ४ (चार) ठाँउमा स्कुल भवन निर्माण गर्ने कार्यलाई अगाडि बढाएको र एक ठाँउमा स्कुल भवन निर्माण पुरा भइसकेको जानकारी दिनु भयो ।

श्री जनकल्याण उच्च माध्यमिक विद्यालय निर्माण भइसकेको छ भने श्री बालबोध मा.वि .भिमढुङ्गा, तारेभिर प्रा.वि, तेरेभिर, श्री भिमसेन प्रा.वि. बोलाङ्ग गोरखा, निर्माणधिन रहेका छन ।

गतवर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट भत्किएका विद्यालय भवनका कारण विद्यायार्थीको पठन–पाठनमा ठुलो समस्या देखीएको छ ।

शिक्षा मानव जिवनको महत्वपूर्ण अंग भएकोले गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालय भवनले पनि महत्वपूर्ण भुमिका खेलेको हुन्छ त्यसैले पनि स्कुल भवन निर्माण गर्न लागेको अध्यक्ष घिमिरेले बताउनु भयो ।

काठमाण्डौँ महानगरपालिका नजिकै रहेको नार्गाजुन नगरपालिका–११ भिमढुंगा स्थित बालबोध माध्यामिक विद्यालयको भवन पूर्ण रुपमा भत्किएको थियो र अहिले सम्म पठन–पाठनमा समस्या परेको छ ।

विद्यार्थी पालको छानोमुनि बसेर पढन बाध्य छन । उक्त विद्यालय भवन पुर्ननिर्माणको लागी घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) ले भवन निर्माण कार्य सञ्चालन गरिरहेको छ ।

भवन निर्माणकै क्रममा पहिलो दिन घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) का अध्यक्ष माधव प्रसाद घिमिरे सहित संस्थामा कार्यरत कर्मचारी हरुको टोली ले दिनै भरि श्रमदान गरेको थियो ।

दोस्रो दिन संस्थामा आवद्ध सियर सदस्य हरुको टेलीले श्रमदान गरेको थियो र तेस्रो दिन लियो क्लव अफ काठमाण्डौँ (सहयात्री) र लियो क्लव अफ काठमाण्डौँ (गौरव) मा आवद्ध युवाहरुले श्रमदान गर्न बालबोध माविको भवन निर्माण स्थलमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया