Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – सामाजिक काममा सक्रिय हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपिल समेत गरेका छन् ।

भूकम्प प्रभावितका लागि दुईवटा एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास–२, महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली यो बस्तीमा पुगेका थिए ।

चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छ । भूकम्प प्रभावितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभएको छ ।

४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया