Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रुपन्देही जिल्ला बन्द भएको छ ।
युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको आज दोस्रो दिन पनि जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । प्रदर्शनकारी बिहानैदेखि चोक–चोकमा बसेर प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प भएका छन् । बन्दको प्रभाव रुपन्देहीका प्रमुख बजार बुटवल, भैरहवा, खेरेनीलगायतका क्षेत्रमा परेको छ । रुपन्देही क्षेत्रमा पर्ने पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
प्रदर्शनकारीहरु रातभर राजमार्गमै टेन्ट गाडेर बसेका छन् । यसअघि युवा संघले घटनाको बिरोधमा मंगलबार लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द आह्वान गरेको थियो । आजबाट अन्य जिल्ला खुले पनि रुपन्देही बन्दका कारण जनजीवन सामान्य बन्न सकेको छैन ।

तपाईको प्रतिक्रिया