Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

स्वीट्जरल्यान्ड – संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (युएनएचसीआर)का एक महिनापहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।
राष्ट्रसंघका यी तीनैजना कर्मचारीलाई एक सशस्त्र समूहले गत नोभेम्बर २७ तारिखमा सुडानको द्वन्द्वग्रस्त डाफर प्रान्तको राजधानी एल जेनैनाबाट अपहरणमा लिएको थियो । राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिनापहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुईजना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की तथा एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा गरिएको बिहीबार एक विज्ञप्ति जारी गरी जनाएका छन् ।
राष्ट्रसंघले आफ्नो कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रसंघले अपहरणमुक्त उनीहरुकाबारेमा यसभन्दा बढी विस्तृत् जानकारी उपलब्ध गराएको छैन । तत्काल यस समयमा हाम्रा सहकर्मीको स्वास्थ्य र हितका लागि र उनीहरुका प्रियजनको हितका लागि ध्यानकेन्द्रित गरिने युएनएचसीआरका प्रवक्ता एड्रिएन एडवार्डसले सन्चारकर्मीसँग बताएका छन् ।
सन् २००३ मा डाफर प्रान्तमा भड्किएको द्वन्द्वपछि करिब तीन लाख मानिस यस क्षेत्रमा मारिएका र २५ लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया