Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (एमाले)ले नियमित रुपमा संसद् अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचन गर्ने योजना सङ्कटमा परेको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता राणाले सरकारले निर्वाचन गर्ने तयारी गरिरहँदा निरन्तर भएको संसद् अवरोधले निर्वाचन योजना सङ्कटमा परेको बताउनुभएको हो । उहाँले भन्नुभयो– “स्थानीय निकाय निर्वाचन लामो समयसम्म हुन सकिरहेको छैन, निर्वाचन तोकिएको मिति नजिकिँदै गर्दा एमालेले संसद् अवरोध गरेकै कारण निर्वाचन सङ्कटमा पर्दै गएको छ, संसद् छिटो खुलाउनुपर्छ ।”
सीमाङ्कनबारे एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसले विगतमा गरेको सहमतिलाई भुल्दै एमालेले सदन र सडक अवरोध गरेको उहाँको जिकिर थियो ।
उहाँले ५ नं प्रदेशमा भएको आन्दोलन उपयुक्त नभएको जिकिर गर्दै मधेसका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । संसदबाट हिन्दूराज्य घोषणाको माग सम्बोधन गर्नसक्ने वातावरण तत्काल नभएको अवस्थामा जनमत सङ्ग्रहबाट यसको निर्णय लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया