Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न सरकारले छानविन समिति गठन गरेको छ ।
नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको गृह मन्त्रालयले जानकारी गराएको छ । समितिलाई अनुसन्धान गरी प्रतिवेदन बुझाउन १५ दिनो म्याद दिइएो छ ।
गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको छ । गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।
रुपन्देहीमा हिजो अपरान्ह मोटरसाइकलमा आएका दुई जनाले युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया