Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

हुम्ला – प्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक अन्यौलका विषयमा दलहरुबीच एक हप्ताभित्रमा प्याकेजमा सहमति हुने बताउनु भएको छ ।
नेपालको हुम्ला र चीन–तिब्बतको सीमा जोड्ने हिल्सा पुलको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा सहमति जुटाउन सत्ता र प्रतिपक्षबीच वार्ता भइरहेको उल्लेख गर्नुभयो ।
संविधानमा असन्तुष्ट पक्षका मागको सम्बोधन गर्दै निर्वाचन गराएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँले बताउनु भयो । राजनीतिक परिवर्तनमा कर्णालीको ठूलो भूमिका रहेको भन्दै प्रधानमन्त्री दाहालले कर्णालीको विकासले तीव्रता लिएमामात्र समग्र राष्ट्र विकास सम्भव हुने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले हिल्सा नाकालाई व्यापारिक नाकाकारुपमा खुल्ला गर्ने पहल भइरहेको समेत जानकारी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया