Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

रुपन्देही – युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मंगलबार रुपन्देहीमा बन्द आह्वान गरिएको छ । बन्दका कारण बुटवल र भैरहवामा गाडी चलेका छैनन् ।

बजार बन्द छ । कलेजहरुमा पढाइ भएको छैन । हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै युवा संघले रुपन्देही बन्दको आह्वान गरेको हो ।

इट्टा व्यवसायी समेत रहेका तिवारीलाई सोमबार दिउँसो साढे ३ बजे रुपन्देहीको खैरेनी नजिकै मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडी बस्नेले छातीमा गोली प्रहार गरेका थिए । तत्काल उपचारको लागि अस्पताल पुराएपनि तिवारीको देबदह मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

घटना लगत्तै स्थानीय २८ बर्षिय मनोज पुनले हत्या आफूले गरेको भन्दै स्थानीय केही व्यक्तीलाई टेलिफोन गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेका अनुसार घटना अपराधिक प्रकृतिको हो ।

प्रहरीको अभिलेखका अनुसार मनोज पुन ज्यान मार्ने उद्योग लगायतका ३ वटा घटनाका फरार अभियुक्त हुन् ।

तपाईको प्रतिक्रिया