Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टर्की – टर्कीमा रहेका रुसका राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका हुन् ।

राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षका प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले गोली हानेका हुन् ।

एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत थिए ।  एडिन्टास जवाफी कारवाहीमा मारिएको टर्कीका सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिरियामा भइरहेको संघर्षमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थन गरेको विरोधमा टर्कीमा प्रदर्शन हुँदै गएको छ । सिरिया युद्धमा रुसी समर्थनको विपक्षमा रहेका ति प्रहरी अधिकारीले राजदूत कार्लोफको हत्या गरेको हुन सक्ने अनुमान छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आक्रमर्ण रुस र टर्कीको सम्बन्ध बिगार्ने उद्देश्यले भएको बताउनुभयो । दुई देशबिचको सम्बन्ध बिगार्ने कसैको उद्देश्य पूरा हुन नदिने उहाँले बताउनुभएको छ ।

उहाँले यो घटनाका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया