Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छ ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ ।
पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउवाले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन् ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विमाग र अन्य निकाय गठन प्रक्रिया समेत शुरु भएको छैन ।

आफ्नैबाट अप्ठेरो
उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा झण्डै एक दर्जन नेता आकांक्षी देखिएपछि देउवा अप्ठेरोमा परेका छन् । निकटको व्यवस्थापन सहज नभएपछि पदाधिकारी मनोनयनमा विलम्भ भएको स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया