Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

जनकपुरधाम – स्वास्थ्यमन्त्री गगन थापाले संसद्मा पेस गरिएको संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग संवाद जारी रहेको र एमाले पनि संशोधनको पक्षमा अग्रसर हुने सम्भावना प्रबल रहेको छ भन्नुभयो ।

मन्त्री थापाले संविधान संशोधन प्रस्ताव संसद्मा छलफल हुन नदिने गतिविधि अप्रजातान्त्रिक हो भन्दै विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार नै ५ नं. प्रदेशको प्रस्ताव गरिएकाले यसको तथ्यगत परीक्षणको खाँचो आैँल्याउनुभयो ।

संविधानको सर्वस्वीकृतिको दायरालाई फराकिलो वातावरण बनाउने सन्दर्भमासमेत संशोधनको यो प्रस्ताव महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले उत्तेजना र आवेगमा आएर सङ्घीयतालाई केन्द्रित गरियो भने यसले संवैधानिक दुर्घटना निम्त्याउन सकिने धारणा राख्नुभयो ।

मन्त्री थापाले प्रदेशका सवाल उठाउँदा राष्ट्रघाती कदम भन्नेहरुप्रति लक्षित गर्दै यसरी राष्टÞवादसँग जोडने दृष्टिकोण घातक र दुखद् हो भन्नुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री थापाले संविधान संशोधनको प्रस्तावलाई थाती राखेर चुनावमा जान नसकिने स्पष्ट पर्नुभयो ।

तपाईको प्रतिक्रिया