Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

भैरहवा – नेकपा एमाले निकट युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले हानेको गोली लागी निधन भएको छ ।
रुपन्देहीको देवदह नगरपालिकास्थित खैरनी बजारमा तिवारीमाथि गोली प्रहार भएको थियो । नजिकैको देवदह मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो । पछाडिबाट हानिएको गोली अगाडि छातिबाट निस्किएको बताइएको छ । रातो पल्सर मोटरसाइकलमा गएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
गोली हान्नेहरुको खोजी भईरहेको र पहिचान हुन नसकेको रुपन्देही प्रहरीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् । घटनापछि अज्ञात नम्बरबाट अन्य ब्यक्तिहरुलाई समेत धम्की आएको भन्दै स्थानीय वासिन्दा त्रसित बनेका छन् । तिवारी पाँच नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।

तपाईको प्रतिक्रिया