Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – काष्ठमण्डप पुनःनिर्माण अभियान २०७२ तथा श्री खण्डमूल महाविहारको संयुक्त तत्वावधानमा क्षतिग्रस्त काष्ठमण्डपमा आज बज्रयान बौद्ध परम्पराअनुसार सप्त विधानोत्तर पूजा र पञ्चरक्षा पाठ गरियो ।
काष्ठमण्डपको संरचना भत्किएर मृत्यु भएकाको आत्माको चिर शान्तिको कामना गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको नवीन्द्रमुनि बज्राचार्यले जानकारी दिनुभयो । वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणप्रति आम जनताको ध्यान आकृष्ट गर्ने आयोजक संस्थाको उद्देश्य हो ।
बज्रयान बौद्धधर्मका गुरु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा भएको सो पूजामा पञ्चबुद्धको प्रतीक स्वरुप रातो, नीलो, पहेँलो, सेतो तथा बैजनी रङ्गको पोसाक लगाएका बज्राचार्य गुरुहरुसहित अन्य गुरु तथा १०० भन्दा बढी गुरुमाँले पञ्चरक्षा पाठ गर्नुभएको थियो । बिहान ८ बजेदेखि सुरु भएको उक्त पूजामा संस्कृतिविद् सत्यमोहन जोशी, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, जनकवि दुर्गालाल श्रेष्ठ, सांसद भीमसेनदास प्रधान, पूर्वमन्त्री तीर्थराम डङ्गोललगायतका व्यक्तिहरुको उपस्थिति थियो ।
उक्त पूजाको व्यवस्थापनमा मरुत्वाः पुचः, महादेव मखन क्लब, सिन्हःस्वां खलः र गङ्गा क्लबले सहयोग गरेका थिए । संस्कृतिविद् जोशीलाई हनुमानढोकादेखि सांस्कृतिक बाजासहित स्वागत गरेर काष्ठमण्डप (मरुसतः) सम्म पुर्याइएको थियो ।
काष्ठमण्डपको निर्माण एउटै काठबाट गरिएको जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया