Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – संसदको गतिरोध हटाउन सभामुख ओनसरी घर्तीले तीन दलका शीर्ष नेतासँग आज गरेको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।
संसद सचिवालय सिंहदरबारमा सभामुखसहित बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा नेताहरुले आ–आफ्नो अडान राखेपछि निष्कर्षविहीन भएको हो । बैठकमा सत्तारुढ दलहरुले संसदको आजको कार्यसूचीमा स्थानीय तह निर्वाचन कानुनहरु र संविधान संशोधन प्रस्ताव हुने बताएका थिए । तर, एमालेले त्यसलाई स्विकार गर्न नसकिने र संसद अवरोध कायम नै गर्ने अडान बैठकमा लिएको थियो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सत्तारुढ दलका नेताहरुले संविधान संसोधन र निर्वाचन कानुनहरुका विषयमा प्याकेजमै सहमति खोज्ने र छलफललाई निरन्तरता दिने बताए । तर विपक्षी एमालेका नेताहरुले भने संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए ।

तपाईको प्रतिक्रिया