Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालले १ सय १० देशमा नेपालीलाई जान श्रम स्विकृति दिए पनि जम्मा ६ देशसँग मात्र श्रम सम्झौता भएको भन्दै दुःख व्यक्त गर्नु भएको छ ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)द्वारा आयोजित अन्तत्र्रिmयामा अध्यक्ष दाहालले सबैभन्दा पहिले १ सय १० देशसँग श्रम सम्झौता गरेर बैदेशिक रोजगारीमा जाने श्रमिकको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैदेशिक रोजगारका शिलशिलामा नेपालमा आधा समस्या रहेको र बिदेशमा आधा समस्या देखिएकाले त्यसलाई निराकरण गर्न सरकार लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सांसद अशोक कोईरालाले जीटूजी अर्थात गभरमेन्ट टू गभरमेन्ट सम्झौता गरेर बैदेशिक रोजगारीलाई मर्यादित बनाईनुपर्ने धारणा राख्नु भयो । त्यस्तै ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश निरौलाले कार्यपत्र प्रस्तुत गर्दै विश्वबजारका आप्रवासी श्रमिकका बारेमा प्रष्ट पार्नु भएको थियो । तथ्याङ्क अनुसार विश्वबजारमा २३ करोड आप्रवासीहरुको बसोबास रहेको र त्यस मध्ये कामको शिलशिलामा १५ करोड मानिस आप्रवासी श्रमिक बनेका छन् । त्यसमध्ये एसियाका मात्रै ५८ प्रतिशत श्रमिक रहेका छन् ।

तपाईको प्रतिक्रिया