Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

बेल्जियम – नेपाली दूताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगायत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउसको सभा हलमा सम्पन्न भएको छ ।

नेपाली दूताबास ब्रसेल्सका नवनियुक्त राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यता तथा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाली दूतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव अर्जुनकुमार श्रेष्ठ बिशिष्ट अतिथि, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकि महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमारश्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत थापाले बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुसंग कसरी समन्वय, सहकार्य गरि कसरी अगाडि बढ्न सकिन्छ भन्ने पाँच वटा अवधारणा प्रस्तुत गरेका थिए । बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले राखेका जिज्ञासा, सुझाव, सल्लाह लगायत टिप्पणीहरुको बारेमा राजदूत थापाले प्रष्ट पारेका थिए ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले सभापतिको आसनबाट बोल्दै बिभिन्न बिषयहरुमा भएको छलफल तथा अन्तरक्रिया मार्फत उठेका बिषय बस्तुले सामुहिक प्रतिबद्धता जाहेर गरेमा सबैको समान दायित्व र समदुरी समक्ष भएर अगाडि बढ्न प्रेरणा मिलेको र एनआरएन बेल्जियम सदैव नेपाल र नेपालीको साझा सवाल साथै पर्यटन प्रवर्धन, कला सस्कृति मार्फत नेपाल र नेपालीलाई चिनाउन सदैव हातेमालो गर्ने बताएका थिए ।

एनआरएन तथा बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुसंग दूतावासले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको प्रशंसा गर्दै नव नियुक्त राजदूतबाट उहाको कार्यकालमा धेरै सकारात्मक कार्यहरुको अपेक्षा गरेको सहभागीहरुले बताएका छन ।

साथै नेपाली दूतावास बेल्जियमका राजदूत लोकबहादुर थापाले नेपालको भिसा प्रक्रियामा हुने ढिलाईको बारेमा उठेको प्रश्नको जवाफमा दूतावासले अव देखि एक दिनमै भिसा प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउने जानकारी गराएका थिए भने उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले संचालन गरेका थिए । ****

तपाईको प्रतिक्रिया