Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – रुपन्देहीकी तेरिया फौजामगर भारतीय टेलिभिजन च्यानहरुबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशिको झलक दिखला जा सिजन ९ को फाइनलमा पुगेकी छिन् ।

तेरियाले फाइनलमा डिआइडी सिजन १ एवं झलक दिखला जा कै पूर्वविजेता सलमान युुुसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपिका विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेुपर्नेछ ।

उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिदै छ । कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरुबीच मात्र प्रतिष्पर्धा हुन्छ ।

तेरिया डिआईडी लिटिल मास्टर्स २०१४ काी विजेता भएकाले झलक दिखल जामा प्रवेश पाएकी हुन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारु ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् ।

गत जुलाइमा प्रारम्भ भएको यो प्रतियोगितामा १२ जोडी पुरुष र महिला डान्स सेलिब्रेटी छनौट भएका थिए । तेरियासहित ५ जना जुनियर अक्टुवर ८ तारिखमा च्यालेन्जरका रुपमा प्रवेश गरेका थिए ।

प्रवेश गरेको दुई हप्तामै उनीहरु २२ अक्टुबरमा प्रतियोगिताबाट बाहिरिए । २६ नोभेम्बरमा तेरियासहति अन्य तीन जना जुनियरले वाइल्ड कार्ड मार्फत प्रतियोगितामा पुन : प्रवेश पाए, जसमध्ये दुई जना पुनः आउट भए ।

तेरियाले भने आफ्नो विलक्षण प्रतिभामार्फत निर्णयकको मन जित्दै सर्वाीधक अंकसहति उपाधिको दावेदारका रुपमा आफूलाई उभ्याएकी हुन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् ।

तेरियाले भोटका लागि देश विदेशमा रहेका नेपालीसँग अनुरोध गदै भनिन् मैले जित्नु भनेको नेपालले जित्नु हो भनिन् । तेरियाले बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्ने क्रममा डिआइडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

१४ वर्षीया तेरिया हाल मुम्बइमै रहेर कक्षा ८ मा अध्ययनरत रहेकी छिन् । रुद्रपुर, रुपन्देहीकी तेरियालाई भारतमा मोबाइलमार्फत र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया