Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

सिन्धुली – काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको स्कार्पियो जिप सुनकोसी नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो बा१२च ८८९७ नम्बरको जिप सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत् रत्नाबती–३ घाटपाखाबाट सुनकोसी नदीमा खसेको हो । मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य पाँच यात्रु घाइते भएको खबर प्राप्त भएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपमा कुल ९ जना सवार थिए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया