Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – लामो समयदेखि मुखको अर्बुद रोगको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियाको उपचारका क्रममा आज ६८ वर्षका उमेरमा निधन भएको छ ।

गोरखा पर्यटनका संस्थापक अध्यक्षसमेत रहनुभएका थपलियाको शिक्षण अस्पतालमा निधन भएको हो । उहाँको मुखकोे अर्बुद रोगको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएको थियो ।

पर्यटन पत्रकारितामा तीन दशकदेखि थपलिया नौ महिनादेखि उपचाररत हुनुहुन्थ्यो । सुरुमा मुखको अर्बुद रोगबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराउनुभएका थपलिया पछि डेढ महिनादेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया