Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – नेकपा माओवादी केन्द्रले आज विराटनगरमा प्रदेश नं १ को प्रशिक्षण तथा भेलाको आयोजना गरेको छ । भेलाको बिहान ११ बजे केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसका लागि प्रधानमन्त्री दाहाल बिहान ९ बजे विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । पार्टी संगठनलाई बलियो बनाउन विभिन्न प्रदेशको भेला तथा प्रशिक्षणको आयोजना गर्दै आएको केन्द्रले आज प्रदेश नम्बर १ मा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको पार्टी प्रवक्ता पम्पा भुषालले जानकारी दिनुभयो ।

भेलामा पार्टीको संगठन सुदृढीकरण, गाउँ, नगर तथा जिल्लालाई मजबुद बनाईराख्न अपनाउने उपायहरु लगाएतका बारेमा प्रधानमन्त्री तथा केन्द्रका अध्यक्ष दाहालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

भेलामा स्थानीय निकायको निर्वाचनमा पार्टीले खेल्ने भुमिका तथा स्थानीय निकायको निर्वाचनमा पार्टीलाई पहिलो नम्बरमा ल्याउन गरिने उपायका बारेमा केन्द्रीय नेता तथा पार्टी सल्लाहकारहरुले प्रशिक्षण दिने छन् । भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

माओवादी केन्द्रको केन्दीय कार्यालयको बैठकमा यसअघि विभिन्न स्थानमा बाँकी रहेको गाउँ, नगर, जिल्लाको सम्मेलन तथा निर्वाचन, राष्ट्रीय भेला तथा त्यसको कार्य विधी कस्तो रहने भन्नेबारेमा छलफल गरेपछि केन्द्रले प्रदेशमा भेलाको आयोजना गरेका हो । यसअघि पुस १ गते केन्द्रले पोखरामा प्रशिक्षण कार्याक्रमको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया