Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्ने भएको छ ।

अघिल्ला दुई खेलमा पराजय बेहोरेको नेपालले समुह चरणको अन्तिम खेलमा मलेसियासँग खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा १० बजे कोलम्बोमा सुरु हुनेछ ।

सेमिफाइनल पुग्ने सम्भावना गुमाइसकेको नेपाल पहिलो खेलमा श्रीलंकासँग १ रन तथा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

समुह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध जित निकाले समुह ए को नेपाल एक जितसहित घर फर्कनेछ । यदी मलेसियासँग पराजित भए नेपालले अघिल्ला दुई संस्करणको प्रदर्शनलाई समेत पछ्याउन असफल हुनेछ ।

तपाईको प्रतिक्रिया