Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

पाकिस्तान – पाकिस्तानमा भारतीय चलचित्रको प्रदर्शनमा लगाइएको प्रतिबन्ध हटाइने भएको छ । आउँदो सोमबारदेखि पाकिस्तानी चलचित्र भवनमा भारतीय चलचित्रको प्रदर्शन सुरु हुनेछ ।

भारतीय चलचित्रको प्रदर्शनमा लागेको प्रतिबन्ध हटाउन आफूहरु सहमत भएको पाकिस्तानका चलचित्र वितरक तथा चलचित्र भवनका सञ्चालकले बताएका छन् ।

जम्मु–काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच उत्पन्न तनावपछि गएको सेप्टेम्बरदेखि बलिवुड चलचित्रको प्रदर्शनमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो ।

बलिवुड चलचित्रका निर्माताले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउने निर्णय गरेलगतै पाकिस्तानका चलचित्र वितरकले प्रदर्शनमा रोक लगाएका थिए ।

पाकिस्तानमा बलिवुड चलचित्र चर्चित छन् । यस्तै बलिवुड चलचित्रमा धेरै पाकिस्तानी कलाकारले अभिनय गर्ने गरेका छन् ।

यसअघि सन् १९६५ को इन्डो पाकिस्तान युद्धको क्रममा पनि पाकिस्तानी चलचित्र वितरकले बलिवुड चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । त्यो प्रतिबन्ध सन् २००८ मा आएर अन्त्य भएको थियो ।

तपाईको प्रतिक्रिया