Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरी निर्वाचनमा जाने सरकारको कदमलाई साथ नदिए देश ठूलो राजनीतिक दुर्घटनाको शिकार हुने बताउनु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको शनिबार चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा फेरि सामन्तीतन्त्र ल्याउने कोसिस भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नु भयो ।

‘हिजो जसरी युद्ध र आन्दोलनमा तपाइँहरुले मद्दत गर्नुभयो र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो’–प्रधानमन्त्री दाहालले भन्नु भयो–‘अहिले पनि तपाइँहरुले त्यसरी नै मद्दत गर्नुभएन भने ठूलो राजनीतिक दुर्घटनाको खतरा छ ।’

उहाँले आदिवासी जनजातिको योगदान र सहभागिताबिना चुनाव गर्न सम्भव नभएको भन्दै उनीहरुका माग पूरा गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया