Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सुनसरी – सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीको एपिएफले विजयी सुरुवात गरेको छ । सुनसरीको दुहबी रंगाशालामा भएको खेलमा एपिएफले पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा कप्तान लक्की पौडेलले २ तथा अनिता केसीले १ गोल गरेकी थिइन । निर्धारित ७० मिनेटको खेलमा लक्कीले पहिलो हाफको १२ र २२ औ मिनेटमा गोल गरेकी थिइन ।

पहिलो हाफमा २ गोलले अघि रहेको एपिएफकालागि तेस्रो गोल ५५ औँ मिनेटमा अनिता केसीले गरेकी थिइन । प्रतियोगिताको औपचारिक उद्घाटन आगामी ८ गते गर्ने भएपनि महिला फुटबल भने आजैबाट सुरु भएको हो ।

तपाईको प्रतिक्रिया