Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – दमक जेसिसका पूर्वअध्यक्ष प्रकाशप्रसाद अधिकारी नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न नेपाल जेसिसको ४३ औं राष्ट्रिय महाधिवेशनले अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको हो ।

नेपालभरका १ सय ३८ जेसिज शाखाबाट आएका प्रतिनिधीबाट ६ सय ५७ मत ल्याउँदै अधिकारी विजयी हुनुभएको हो । यसैगरी कार्यकारिणी उपाध्यक्षमा कैलाश खाकी, बिनोद सुवेदी, श्रीधर बस्याल र शुशिल कुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा अतुल प्रसाइ, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भिम गिरी, बिकास मानन्धर, बिकाश महर्जन, संगिता खड्का, शुशिला शाही, सन्तोष रौनियार, रामसरण सिलवाल र मंजरी घिमीरे विजयी हुनुभयो । राष्ट्रिय महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया