Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – नेपाली महिला टोलीले मलेसियाको राष्ट्रिय महिला टोलीसँगको मैत्रीपूर्ण फुटबल १–० गोल अन्तरले जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७ औँ मिनेटमा गोल गरेकी हुन् ।

फिफा वरियतामा नेपाल मलेसियाभन्दा २६ स्थान पछि छ । नेपाल १ सय १२ औँ स्थानमा छ भने मलेसिया ८६ औँ स्थानमा छ । मलेसियासँगको खेल जितेसँगै नेपाल बलियो मनस्थितिमा भएको प्रमाणित भएको छ ।

भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग अभ्यास खेल खेलेको हो ।

साफ च्याम्पियनसिपमा सार्कका सात देशको सहभागिता छ । प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको छैन । नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै समूह ‘बी’ मा आयोजक भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगिता पुस २० गते सकिने छ ।

तपाईको प्रतिक्रिया