Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टर्की – टर्कीको केसरी सहरमा शनिबार गराइएको कारबम विस्फोटमा कम्तीमा १३ जना सैनिकको मृत्यु भएको छ । सेनालाई लिएर गइरहेको बसलाई लक्षित गरी स्थानीय एक विश्वविद्यालयअगाडि विस्फोट गराइएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

विस्फोटमा ४८ जनाभन्दा धेरै घाइते भएका छन् । इस्तानबुलमा ४४ जना मारिने गरी कुर्दिस लडाकुले बम आक्रमण गरेको एक सातापछि नै यो विस्फोट भएको हो ।
पछिल्ला केही महिनायता टर्कीमा कुर्दिस लडाकु र जिहादीहरुले शृंखलाबद्ध बम विस्फोट गराउँदै आएका छन् ।

पछिल्लो घटनाको जिम्मेवारी कसैले पनि लिइसकेको छैन ।

तपाईको प्रतिक्रिया