Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

ललितपुर – नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पुर्याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ ।

गणेशमान सिंह केन्द्रद्वारा आज यहाँ स्व सर्वाेच्च नेता गणेशमान सिंहको १०१ औँं जन्मदिवसको अवसरमा आयोजित “लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह” विचार गोष्ठी कार्यक्रममा सम्मानित हुनुहुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल रहनुभएको छ ।

ती पुराना राजनीतिकर्मीलाई सम्मान गर्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले दोस्रो संविधानसभाबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो । काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षार्थ जस्तोसुकै निर्णय लिन पार्टी तयार हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।

विसं २०७४ माघभित्र विभिन्न तीन चरणको निर्वाचन सम्पन्न गराउन पनि संविधानको कार्यान्वयन अपरिहार्य भएको उहाँको भनाई थियो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा रहेर चलेको पार्टी भएकै कारण जनताले विश्वास गरेको बताउनुभयो ।

सम्मानित व्यक्ति मार्सलजुलुम,ओमकार श्रेष्ठ र श्यामलाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि धेरै दुःख कष्ट भोगेका स्व गणेशमान सिंहको त्याग र सङ्र्घष सबैका लागि प्रेरणाको विषय भएको धारणा राख्नु भयो ।

केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले नेपालमा प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका स्व गणेशमान सिंहको उच्च कदर गर्दै त्यसमा साथ दिनुहुने प्रजातान्त्रिक योद्धालाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया