Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

विराटनगर – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निकायको चुनावपछि सबै समस्याको हल हुँदै जाने बताउनुभएको छ ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दैै सहमतिको आधारमा स्थानीय निकायको चुनावसँगै संविधान संशोधनको प्रस्ताव पनि अगाडि बढ्ने बताउनुभएको हो । सहमति बिना कुनै पनि काम हुन नसक्ने भएकोले सहमतिकै आधारमा निकास खोजिनु पर्ने बताउनुभयो ।

पहिलो स्थानीय निकायको चुनाव गर्नु पर्ने र त्यसपछि प्रान्त तथा संसदको चुनाव एकै पटक गराउन सकिने बताउनुभयो । प्याकेजमा नै सहमति गरेर सबै विषय टुङ्ग्याउन सकिने उहाँको तर्क छ ।

‘तराईको सेन्टिमेन्टलाई पनि उपेक्षा गर्न सकिन्न, पहाडी जिल्लाहरुमा पनि मर्का परेको छ’ उहाँले भन्नुभयो, ‘यि सबैकुरा मिलाएर प्याकेजमा नै समस्याको समाधान खोज्नु पर्छ ।’

तपाईको प्रतिक्रिया