Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

तेह्रथुम – तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागी पिडितलाई आज बिहानै देखी राहत वितरण सुरु गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले आज बिहानै देखि अग्नी पिडितलाई राहत वितरण सुरु गरेको हो । 

संक्रान्ति बजारमा हिजो भएको आगलागीमा ३२ घर जलेर नष्ट भएका थिए । अग्नि सेढाईंको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । आगो पाँच घन्टापछि पाँचथर सदरमुकाम फिदिमबाट गएको दमकल सहितको प्रहरीको टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट डेरामा बसेका २७ परिवारको पनि बिचल्ली भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्लाका विभिन्न संस्थाहरुलाई आह्वान गरि सहयोगमा जुट्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया