Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – ब्रिटिश गोरखा नेपाली परिषदले सन् २०१७ भित्रै ब्रिटिश गोरखा अवार्ड र मिस गोरखाको आयोजना गर्ने भएको छ । शुक्रबार राजधानीमो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन मार्फत परिषदले यस्तो जनाएको हो ।

परिषदका अध्यक्ष एकराज नेम्बाङले संस्थाको स्थापना नै नेपाली कलाकारिता, साहित्य, संगीत, खेलकुद र पत्रकारितालाई विश्वभरि नै चिनाई नेपालको सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको बताउँदै कलाकारिता, साहित्य, संगीत, खेलकुद र पत्रकारिता सहितको ५ विद्याका प्रतिभा वा श्रष्टालाई सम्मान गर्ने उद्देश्यले विश्वभरबाट छनौट गरि व्रिटिश गोरखा अर्वाड प्रदान गरिने बताउनुभयो । त्यस्तै उहाँले नेपालका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले मिस गोरखा पनि आयोजना गर्ने जानकारी पनि दिनुभयो । 

परिषदका उपाध्यक्ष विष्णु गुरुङ्ले बेलायत लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुमा रहेको जोश, जाँगर र नेपालप्रति केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरुको सामूहिक प्रयासले संस्थाको स्थापना भएको उल्लेख गर्दै आगामी दिनमा यसले विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध बनाउने र नेपालको लागि केही गरेर देखाउने बताउनुभयो । सम्मेलनमा पूर्व मिस नेपाल सुविन लिम्बुले परिषदले सामाजिक कार्यमा हात हालेर उदाहरणीय काम गरेको भन्दै प्रंशसा गर्नुभयो ।

परिषदले आगामी दिनमा संस्थालाई बृहत्तर रुप दिनको लागि विश्वका विभिन्न राष्ट्रमा प्रतिनिधि चयन तथा च्याप्टर गठनको प्रक्रिया पनि अघि बढाईसकेको जानकारी दिएको छ । जस अनुसार नेपाल च्याप्टरले बैधानिकता प्राप्त गरिसकेको छ । परिषदले हङकङ्, इजरायल, युएई, कतार, आयरल्याण्ड, अमेरिका, सिँगापुरमा प्रतिनिधि चयनको कार्य पुरा गरिसकेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया