Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – अमेरिकामा हालै सम्पन्न राष्ट्रपति पदमा डेमोक्रेटिकबाट उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उहाँले बताउनुभएको छ । हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएपछि उनी यस प्रकरणमा तानिनुभएको थियो । अमेरिकी संघीय अनुसन्धान ब्यूरो एपबीआईले चुनावको मुखमै छानबीन थाल्दा उहाँलाईघाटा लागेको बताइन्छ ।

पार्टीका दाताहरुसँग कुरा गर्दै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निजी गुनासो रहेको पनि बताउनुभयो । रुसमाथि डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको एक प्रमुख सहयोगीको इमेल ह्याक गरेको आरोप ह्वाइटहाउसले लगाइरहेपछि रुसले यसको खण्डन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया