Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

गुल्मी  – गुल्मीमा संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा दुईजना प्रहरीसहित २६ जना घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल र रेसुङा अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारीले जिल्ला विकास समितिको बा १ झ ६६८१ नम्बरको गाडीमा आगजनी गरेका छन् । मध्यान्ह १२ बजेदेखि झडप भइरहेको हो ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयको ताला खुलाउने प्रयास गरेपछि झडप भएको हो । संविधान संशोधनको विरोधमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् ।

तपाईको प्रतिक्रिया