Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – तेह्रथुमको संक्रान्ति बजारमा आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म १० घर जलेर नष्ट भएका छन् । अग्नी सेडाइँको घरबाट सल्किएको आगोले बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङको सहित १० घर जलेर नष्ट भएको  छ ।

संक्रान्ति बजारको एक भागबाट सुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएको छ । आगो नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको टोली गरी ५५ जना खटिदाँ पनि आगो नियन्त्रण नभएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकलसहित थप प्रहरी माग गरिएको अञ्चल प्रहरी कार्यालयको प्रमुख सफल पोर्तेलले जानकारी दिनुभयो ।

आगो निभाउन दमकल पनि नभएको र पानीको पनि अभाव भएको प्रहरीले जनाएको छ । आगलागीबाट थप क्षति हुन नदिन आआफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ । तेह्रथुममा दुई दिनदेखि खानेपानीको पनि अभाव छ ।

 

तपाईको प्रतिक्रिया