Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई नेपालले १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर व्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो ।  नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ६८ रन बनाए । ९३ बल खेलेका उनले ७ चौका र २ छक्का हाने ।

रोहितले अन्तिम ओभरमा २४ रन बनाए । पहिलो बल डट खेलेका उनले दोस्रोमा छक्का, तेस्रोमा चौका, चौथो बलमा पनि चौका, पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका हानेका थिए ।

स्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । उनले ६२ बलमा ४ चौकाको मदतमा ३४ रन बनाएका हुन् । त्यस्तै आरिफ सेखले ३२ बलमा १८ रन, प्रकाश केशीले १८ बलमा १३ रन, शुभाङ्कर उरावले ७ बलमा ९ रन, सन्दिप सुनारले ३५ बलमा ७ रन, पवन सरार्फले १७ बलमा २ रन बनाए ।

भारतका लागि राहुल चाहारले पाँच विकेट लिए । कमलेस नगरकोटी, एस ठाकुर, आयुष जमवाल र हिमान्सुरानाले एक÷एक विकेट लिए ।

तपाईको प्रतिक्रिया