Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । प्रगतिशील पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विधेयक पारित नहुने जिकिर गर्नुभयो ।

“संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण छ, यसलाई सच्चाउनुपर्छ”, नेता केसीले भन्नुभयो – “सरकारले यसलाई तुरुन्त फिर्ता लिओस्, नत्र मुलुक झन सङ्कटमा फस्छ ।” विधेयकमा समावेश भएका बुँदाले राष्ट्रियता कमजोर पार्ने तर्क गर्दै उहाँले त्यसलाई जनताले अस्वीकार गर्नेमा जोड दिनुभयो ।

संशोधनमा उल्लेखित प्रदेश नं ५ को विभाजन, अङ्गीकृत नागरिकता, भाषालगायतका विषयले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्ने पनि नेता केसीले बताउनुभयो ।

आफू र आफ्नो पार्टी सङ्घीयता खारेजीको मुद्दामा अडिक रहेको र अन्य दल पनि सङ्घीय प्रणालीमा निर्वाचन गर्न असम्भव देखेपछि पुरानै संरचनामा फर्कन सहमत भएको उहाँले बताउनुभयो ।

“हामीले विगत आठ वर्षदेखि सङ्घीयता विरोधी आन्दोलन चलाइरहेका छौँ, नेपाली जनताले सङ्घीयता चाहँदैनन् भन्ने कुरा प्रदेश नं ५ को आन्दोलनले प्रमाणित गरेको छ” – नेता केसीले भन्नुभयो ।  आफूहरु सङ्घीयता नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको पक्षमा रहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया