Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

चितवन  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा चुनाव गर्न तीन दलबिच सहमति भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवमं जागरण अभियान २०७३ को बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवमं प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बिचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहोर्याउनु भयो ।

उहाँले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताउनुभयो । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उहाँले १४ महिनाभित्रमा तीन तहको चुनाव नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो ‘अब यसलाई कसैले टारेर टर्दैन ।’ स्थानीय, प्रान्तीय र सङ्घीय चुनाव सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको चुनाव हुन्छ । नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उहाँले स्पष्ट पार्नु भयो ।

एमालेले प्रस्ताव पास हुने डरले संसद चल्न नदिएको र नागरिक उचालेको उहाँको भनाई थियो । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै भन्नुभयो ‘कांग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।’

आफ्नै पार्टीभित्रको प्रशङ्ग कोट्याउँदै उहाँले अब पार्टीभित्र गुट उपगुट भन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताउनुभयो । ‘गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनुहोस् । चुनाव जसरी पनि जित्नुपर्छ’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया