काठमाडौं – आजका लागि बोलाईएको व्यवस्थापिका संसदको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।
विहान ११ बजेलाई तय गरिएको बैठक विशेष कारणबश बस्न नसक्ने भन्दै स्थगित गरिएको सूचना टाँसिएको हो । संसदको अर्को बैठक पुस ४ गते बस्नेछ ।
संविधान संशोधन विधेयक दर्ता भएदेखि एमालेको नेतृत्वमा विपक्षी पार्टीहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।