Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल हुनुभएको छ । अमेरिकी चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरको विश्वका शक्तिशाली ब्यक्तिहरुको सूचीमा राष्ट्रपति पुटिन पहिलो नम्बरमा पर्न सफल हुनुभएको हो ।

शक्तिशाली ब्यक्तिको सूचीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा रहेका छन् । यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल तेस्रो स्थानमा पर्नुभएको छ । यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ चौथो स्थानमा परेका छन् । पाँचौं स्थानमा भने धर्मगुरु पोप फ्रान्सिस रहनुभएको छ ।

फोब्र्सले सार्वजनिक गरेको सूचीमा जानेट येलेन छैठौं, विल गेट्स सातौं, ल्यारी पेज आठौंमा पर्नुभएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं स्थानमा रहेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग भने दसौं स्थानमा छन् । यो सूचीमा अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामा ४८ औं स्थानमा छन् ।

फोब्र्स म्यागाजिनले हरेक वर्ष विश्वका शक्तिशाली ब्यक्तिहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।–एजेन्सी

तपाईको प्रतिक्रिया